प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०८०
प्रशिक्षक आर्म ब्याच सुशोभन कार्यक्रम सम्पन्न
२०८०-१०-१९

नेपाल प्रहरीको विभिन्‍न तालिम प्रदायक निकायहरूबाट सञ्‍चालन हुने तालिममा एकरूपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्‍चालन कार्यदेश-२०७९” को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष वैज्ञानिक एवम् स्तरयुक्त बनाउन बाह्य प्रशिक्षकहरूको क्षमता मापन गर्न मिति २०८०/१०/१८ र १९ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तीर्ण हुनु हुने यस नेपाल प्रहरी शिक्षालयमा सञ्‍चालित “कवाज प्रशिक्षक प्रशिक्षण (प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म) तालिम” छैठौँ समूहमा तालिम प्राप्त २९ जना र यस नेपाल प्रहरी शिक्षालयका ७ जना गरी जम्मा ३६ बाह्य प्रशिक्षकहरूलाई मिति २०८०/१०/१९ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट प्रमाणपत्र वितरण तथा आर्म ब्याचले सुशोभित गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि निर्देशकज्यूले निर्देशन सम्बोधन गर्नुहुदैँ प्रशिक्षक आफु Role Model बन्‍नुपर्ने हुनाले आफुलाई अध्ययनशिल बनाउनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

कार्यालय सञ्चालन तालिम सम्पन्‍न
२०८०-१०-०५

आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०।०९।०२ गतेदेखि यस नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित “कार्यालय सञ्चालन (जु.प्र.अ.) तालिम तेस्रो समूह” को मिति २०८०।१०।०५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक गौतम थापाले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

निर्देशकज्यूबाट पदभार ग्रहण
२०८०-१०-०३

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्र आदेश अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल, काठमाण्डौ दरबन्दी भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज खटिनु भएका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यू मिति २०८०/१०/०३ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा हाजिर हुनु भई निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात निर्देशकज्यूले विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट गुणस्तरीय सामान उत्पादन गर्न सर्वप्रथम उत्पादन केन्द्र नै गुणस्तरयुक्त हुनुपर्ने विषयलाई मध्यनजर गर्दै दक्ष एवं व्यवसायिक जनशक्ति उत्पादन गर्न गुणस्तरीय प्रशिक्षण केन्द्र तथा दक्ष र व्यवसायिक प्रशिक्षक हुनुपर्ने, जसबाट गौरवमय ईतिहास बोकेको नेपाल प्रहरी संगठनको उद्देश्य एवं लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुँदै कार्यरत प्रहरी कर्मचारीहरूलाई समय सापेक्ष परिवर्तन भई आफुलाई रोल मोडलका रूपमा विकास गरि उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभयो । Chain of Command नेपाल प्रहरीको गहना रहेको र कार्यरत कर्मचारीहरूलाई सोही अनुसार कार्य गर्न र सबैको आ-आफ्नो अस्तित्व हुने कारण बानी व्यवहारमा सुधार गरि संगठनमा हुने दर्जागत दुर्व्यवहारको अन्त्य गर्न निर्देशन दिनुका साथै Positive Vibes को विकास गरि सकारात्मक सोचका साथ अघि बढ्दा सकारात्मक उर्जा प्राप्त हुने हुँदा नकारात्मक सोच एवं बानी व्यहोरालाई त्यागी व्यक्तिगत तथा व्यवसायिक जीवनमा लागू गर्न प्रेरित गर्दै अमर प्रहरीहरूको योगदानको  समेत स्मरण गर्नु भएको थियो । साथै प्रहरी नायव उपरिक्षक निशान थापाबाट शिक्षालयको  प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण भएको थियो । 

फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८०-१०-०३

नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०/०९/२४ गतेको निर्णय बमोजिम तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशले यस नेपाल प्रहरी शिक्षालयमा कार्यालय प्रमुखको रूपमा रहनु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूको काठमाण्डौ उपत्यका कार्यालय रानीपोखरी, काठमाण्डौ सरुवा हुनु भएकोमा आज मिति २०८०/१०/०३ गते फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक निशान थापाज्यूले रवाना पत्र, मायाको चिनो, खादा अविर र पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयको निर्देशकको रूपमा रहँदा पुर्याउनु भएको योगदानको चर्चा गर्नु हुँदै नेपाल प्रहरी शिक्षालयका कर्मचारीहरूको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । विदाई भई नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा प्रशिक्षण क्रियाकलापलाई प्रशिक्षण मैत्री बनाई प्रशिक्षणलाई प्रभावकारी बनाउन भूमिका खेल्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।